स्वास्थ्य

कोरोना संक्रमितको संख्या ह्वात्तै घट्नुको कारण यस्तो

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पछिल्ला दुई दिनमा नेपालमा नयाँ संक्रमितको संख्यामा ह्वात्तै कमी आएको आएको छ । तर परीक्षणको संख्या घटेर संक्रमितको संख्या कम देखिए पनि संक्रमण दर भने अझै उच्च रहेको छ ।
पछिल्लो २४ घण्टामा जम्मा १२ हजार ७७० जनाको कोरोना परीक्षण गरिएको थियो जसमा ४ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ९८६ जनाको पीसीआर परीक्षण र १७८४ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ३ हजार ७०२ र ६६७ जनामा संक्रमण पुष्टि भएको हो ।
यसरी शनिबार परीक्षण गरिएका मध्येमा संक्रमण दर ३०.४१ प्रतिशत रहेको थियो भने आइतबार यो दर ३४.२१ रहेको छ । शुक्रबार २० हजार ११० जनाको परीक्षण गरिएको थियो जसमा ६९५१ जनामा संक्रमण पुष्टि भएको थियो । सो दिन संक्रमण दर ३४.५६ प्रतिशत रहेको थियो ।
हाल नेपालमा कूल संक्रमितको संख्या ५ लाख ५७ हजार १२४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ८९७ रहेको छ । यसमध्ये १ लाख १ हजार ३३४ जना होम आइसोलेसनमा, ७ हजार ५६३ जना संस्थागत आइसोलेसनमा, आईसीयूमा १५४५ जना र भेन्टिलेटरमा ४०७ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ६ हजार २०५ जना संक्रमित निको भएका छन् । हालसम्म निको हुनेको संख्या ४ हजार ४० हजार ९५५ जना पुगेको छ । नेपालमा निको हुने दर ७९.२ प्रतिशत रहेको छ ।

कोभिड–१९ बाट थप १०९ जनाले ज्यान गुमाएका छन् । हालसम्म ७२७२ जना संक्रमितको मृत्यु भइसकेको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comment here