खेलकुदराजनीति

नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय कमिटी बैठक : माधव नेपालद्वारा राजनीतिक प्रतिवेदन पेश

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ (मंगलबार) नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल नेता प्रेम बहादुर आले मगर,राजेन्द्र पाण्डे,बिरोध खतिवडा,जीवनराम श्रेष्ठ,मेटमणी चौधरी,राम कुमारी झाँक्री, जगन्नाथ खतिवडा, डा. बेदुराम भुसाल लगायतको उपस्थितिमा बानेश्वरको बुद्धनगरस्थित क्वालिटी बैङ्क्वेटमा नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय कमिटी बैठक सम्पन्न भएको हो ।

उक्त बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका थिए। बैठकमा नेपालले प्रस्तुत गरेको प्रतिवेदन बारे छलफल भएको प्रचार विभाग प्रमूख जगन्नाथ खतिवडाले बताए।

Exif_JPEG_420

केन्द्रिय कमिटी बैठकका निर्णय सुनाउँदै खतिवडाले निर्वाचन आयोगमा सनाखत गरेका ११६ जना र त्यसपछि थपिएका केन्द्रीय कमिटी सदस्यहरुले सपथ लिएको बताए। साथै केन्द्रीय कमिटी विस्तार, कार्य विभाजन लगायत अन्य विषयमा छलफल भएको उनले बताए।

बैठकले आवधिक योजना बनाएर तीन महिने जागरण अभियान संचालन गर्ने निर्णय समेत गरेको छ। त्यस्तै सम्पुर्ण जिल्लामा कमिटी विस्तार गर्ने साथै ३ महिनामा सबै स्थानीय तहमा पनि कमिटी विस्तार गर्ने निर्णय भएको खतिवडाले जानकारी दिए।

खतिवडाले चुनाव चिह्न बारे भने अहिलेसम्म टुंगो नलागेको बताएका छन ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comment here