अन्तरवार्ताआर्थिकखेलकुदराजनीतिशिक्षासूचना-प्रविधिस्वास्थ्य

नयाँ अलटाइम हाइ रेकर्ड बनाएर नेप्सेले बिदाई गर्यो २०७७, वर्षको अन्तिम दिन सूचक २७ सय माथि

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हकप्रदकाे हल्लाले उचालिदै विकास बैंककाे शेयरमूल्य

वि.सं. २०७७ को अन्तिम कारोबार दिन, मंगलबार शेयर बजार मापक नेप्से सूचकले नयाँ रेकर्ड बनाएर यस वर्षलाई बिदाई गरेको छ। यस दिन नेप्से सूचक २३.२३ अंकले बढेर २७१४.७९ विन्दुमा पुगेको छ। यो नेप्सेले कायम गरेको अहिलेसम्मकै उच्च विन्दु हो।

 

यस दिन कारोबार रकम पनि उच्च नै रहेको छ। मंगलबार २०९ वटा कम्पनीकाे १ करोड ४६ लाख ९१ हजार ६४३ कित्ता शेयर ७ अर्ब १४ करोड ३१ लाख ५१ हजार रुपैयाँमा खरिदबिक्री भएको छ।

यस दिन विकास बैंक र वाणिज्य बैंकहरुमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ। मंगलबार विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै ३.४१ अंकले बढेको छ भने बैंकिङ्ग उपसमूहको सूचक पनि २.३ प्रतिशतले बढेको छ। हकप्रदकाे हल्लाका कारण विकास बैंकका शेयरहरूकाे मूल्य बढेकाे हाे। पछिल्लाे समय बजारमा विभिन्न विकास बैंकका हल्लाहरू चल्न थालेका छन्। साेही हल्लाका कारण अहिले यस उपसमूहकाे परिसूचकमा उत्साह देखिएकाे जानकारहरू बताउँछन्। त्यसैले, यस्ता हल्लाहरूकाे पछि नलागी काराेबार गर्न उनीहरू सुझाव दिन्छन्। कारोबारमा आएका १३ उपसमुहमा ६ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने बाँकी ७ उपसमूहको सूचक नकारात्मक देखिएका छन्।

मंगलबार पाँच कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन एनआइसी एशिया लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशत बढेको छ भने माउन्टेन इनर्जीको ९.८९ प्रतिशत, ज्योति लाइफको ९.८३ प्रतिशत, सिन्धु विकास बैंकको ९.८२ प्रतिशत र छ्याङ्दी हाइड्रोको ९.८० प्रतिशतले बढेको छ।

यता लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा भने करेक्सन देखिएको छ। यस दिन ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.२७ प्रतिशतले घटेको छ भने लक्ष्मी लघुवित्तको ४.२७ प्रतिशत, एनआरएन इन्फ्रास्टक्चरको ३.५६ प्रतिशत, इन्फिनिटी लघुवित्तको ३.४७ प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्सको ३.३८ प्रतिशतले घटेको छ।

मंगलबार नविल बैंकको सबैभन्दा धेरै २८ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल बैंकको २८ करोड १६ लाख, एनआइसी एशिया बैंकको २४ करोड ३५ लाख र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २१ करोड ९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comment here