स्वास्थ्य

कोरोनाले फोक्सोमा असर पारेको छ कि छैन ? घरमै कसरी पत्ता लगाउने !

सेयर गर्नुहोस्
  • 10
  • 12
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

के हो ६ मिनेटको परीक्षण प्रकृया ?
विशेषज्ञका अनुसार कोरोनाको दोस्रो लहरमा मानिसहरुमा सास सम्बन्धि समस्या धेरै देखिएको छ ।
परीक्षणको अभावमा धेरै मानिसहरुलाई संक्रमण भएको धेरै समयसम्म पनि थाहा हुँदैन र अचानक उनीहरुलाई समस्या भएको महसुस हुन शुरु हुन्छ ।
त्यस्ता मानिसको घरमा नै अक्सीमीटरको उपयोग गर्दै शरीरमा अक्सीजन सेचुरेशनको परीक्षण गरिरहनु पर्छ ।
६ मिनेटमा गरिने कस्तो परीक्षण ?
विशेषज्ञका अनुसार जुन मानिसलाई कोरोनाको लक्षण महसुस भइरहेको छ, उसको प्रारम्भिक रुपमा घरमा नै आफ्नो स्वास्थ परीक्षण गर्न सकिन्छ ।
त्यसका लागि सबैभन्दा पहिला अक्सीमीटरको प्रयोगले सेचुरेशन हेर्नु पर्छ र त्यसपछि ६ मिनेटसम्म नरोकिकन सामान्य गतिमा हिंड्नु पर्छ ।
६ मिनेटपछि यदि अक्सीजनको स्तर ३ देखि ४ अंक भन्दा तल झऱ्यो भने त्यो व्यक्ति सावधान हुनु आवश्यक हुनु पर्छ ।
उदाहरणका लागि पहिलो परीक्षमा अक्सीमीटरको रिडिङ ९५ देखिएको छ भने ६ मिनेटसम्म हिँडे पछिको परीक्षणमा यदि घटेर ९२ भयो भने सतर्क हुनु आवश्यक छ ।
यसले फोक्सोको समस्या र शरीरमा अक्सीजनको कमीको संकेत दिएको हुन सक्छ ।
त्यस्ता मानिसले तुरुन्त कोभिड परीक्षण गराएर उचित उपचारको शुरुवात गर्नु आवश्यक छ ।
कस्ता व्यक्तिले यस्तो परिक्षण गर्नु हुँदैन ?
डाक्टरका अनुसार जुन मानिसमा आस्थमा (दम) को समस्या छ, उसले यस्तो परिक्षण गर्नु हुँदैन ।
यसबाहेक ६० वर्षभन्दा बढि उमेरका व्यक्तिले ६ मिनेटको ठाउँमा ३ मिनेट हिंडेर यस प्रकारको परीक्षण गर्न सक्छन् ।
यस प्रकारको परीक्षणको माध्यमबाट अक्सीजनको कमी पत्ता लगाएर सही समयमा विरामीलाई अस्पतालमा भर्ना गर्न सहयोग पुग्छ ।
अक्सीजनको स्तर बढाउने उपाय
विशेषज्ञका अनुसार यदि कुनै विरामीलाई फोक्सोमा समस्या देखिएको छ र उसलाई तुरुन्त अक्सीजन प्राप्त हुन सकेन भने घरमा नै केही उपायलाई प्रयोगमा ल्याउन सकिन्छ ।
त्यस्ता विरामीलाई कम्तिमा १ देखि २ घण्टा घोप्टे परेर सुत्न लगाउनु पर्छ ।
यस्तो गर्दा फोक्सोलाई आराम प्राप्त हुन्छ र अक्सीजनको स्तरमा सुधार हुन्छ ।
एजेन्सीको सहयोगमा

सेयर गर्नुहोस्
  • 10
  • 12
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

Comment here