आर्थिक

बैंक तथा वित्तीय संस्थाहरुले शेयर बजारमा अल्पकालिन लगानी गर्न नपाउने

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बैंक तथा वित्तीय संस्थाहरुले शेयर बजारमा अल्पकालिन लगानी गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिकामा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थालाई शेयर बजारमा अल्पकालिन लगानी गर्न प्रतिबन्ध लगाएको हो ।

अब बैंक तथा वित्तीय संस्थाहरुले एक बर्षभन्दा लामो अवधिका लागि मात्र शेयर तथा ऋणपत्रमा लगानी गर्न पाउने छन् । उनीहरुले कुनै पनि किसिमको प्रबन्धबाट अल्पकालिन लगानी गर्न पाउने छैनन् ।

सेयर खरीद गरेको एक बर्ष पुरा भएपछि लगानी मध्येबाट एक आर्थिक बर्षमा प्राथमिक पुँजीको एक प्रतिशत रकमसम्म मात्र बिक्री गर्न सक्ने छन् । यसअघि लगानी गरेको भए २०७९ असार मसान्तभित्र बिक्री गरिसक्नु पर्ने छ ।

-source: www.merolagani.com


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comment here