स्वास्थ्य

कमेडियन आदर्श मिश्राको भिडियो आएपछि रबि लामिछानेले फेसबुकमा लेखे यस्तो स्टाट्स

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कमेडियन आदर्श मिश्राले आफनो युटुब च्यानल मार्फत एउटा भिडियो सार्वजनिक गरेका छन । उक्त भिडियोमा हस्पिटलको लापरवाहीका कारण आफ्नो बुवाको मृत्यु भएको भन्दै आक्रोश पोखेका थिए । उनको बुवा हस्पिटलमा उपचाररत रहाद भोग्नु परेको नमिठो अनुभवहरु निकै दुखको साथमा सबै माझ त्यस भिडियो मार्फत राखेका छन । कमेडियन आदर्श मिश्राले भिडियो मार्फत नै हस्पिटलको लापरवाही विरुद्धमा आवाज उठाउन सबै संग साथ सहयोग मागेका छन् । त्यस्तै उनको न्यायको लागि चर्चित पत्रकार रबि लामिछानेले आफनो फेशबुक मार्फत यस्तो लेखेका छन् |

प्रिय आदर्श मिश्र, तपाईंले भनेका पावरफुलहरुका हर्कत, दादागिरी,लुट कयौं पटक टेलिभिजनमा देखायौं तर तपाई हामी जस्ता आम मान्छेले भोग्नु परेको पिडा कम गर्न धेरै केही गर्न सकेनौं। यो लडाइ सम्भवतः लामो छ तर मलाई यति भन्ने अनुमति दिनु होला कि म यो लडाइँमा तपाईंको साथमा छु।प्रिय आदर्श, बुवा प्रति सच्चा श्रद्धाञ्जली तब हुनेछ जब यो देशको सरकार माफियाको ब्यापार बचाउन छोडेर जनताको जीवन बचाउन लागि पर्ने छ।शोकाकुल परिवार प्रति गहिरो समवेदना !!


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comment here