राजनीति

नेकपा (एकीकृत समाजवादी) पार्टीलाई मिल्यो चार मन्त्रालय कोको बन्दैछन् मन्त्री

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष चार नेताको बैठकले मोटामोटी रुपमा मन्त्रालयको बाँडफाँड गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बसेर मन्त्रालयको बाँडफाड गरेका थिए ।

सत्ता गठबन्धनका सहयात्री दल नेकपा एकीकृत समाजवादी पार्टीले चार मन्त्रालय पाउने गरी मन्त्रालयको भागबण्डा टुंगो लागेको छ ।                     

जनता समाजवादी पार्टीका महासचिव बेदुराम भुसालका अनुसार उक्त पार्टीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास, कानून तथा संसदीय मामिला र श्रम तथा रोजगार मन्त्रालय पाउने भएको छ । भुसालका अनुसार एकीकृत समाजवादीले एक राज्यमन्त्री पनि पाउने भएको छ । तर, कुन मन्त्रालयको राज्यमन्त्री भन्ने टुंगो लाग्न बाँकी रहेको छ ।                                             

एकीकृत समाजवादीबाट मन्त्री बन्ने व्यक्तिको नाम लगभग टुंगो लागिसकेको छ । सांसद विरोध खतिवडाको नेतृत्वमा एकीकृत समाजवादी सरकारमा सहभागी हुनेछ भने रामकुमारी झाँक्री, मेटमणी चौधरी र प्रेम आले मन्त्री बन्ने लगभग पक्का रहेको एकीकृत समाजवादीका नेताहरुले बताएका छन् ।

 


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comment here