सूचना-प्रविधि

फेरि त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज दुर्घटना

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

१९ मंगलबार काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । नेपालगञ्जका लागि उडान भर्ने तयारीमा रहेको 9 NANF जहाज रनवेमा दुर्घटनामा परेको हो ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार जहाज पार्किङबाट निकाल्दा टर्निङको क्रममा जहाजको सन्तुलन बिग्रेको हो । ‘जहाज धस्सिएको हैन पार्किङबाट निकाल्ने क्रममा डिसब्यालेन्स भएर तीन फिट पर सरेको हो, टर्निङको क्रममा जहाजको देब्रेपट्टिको चक्का चिप्लिएको हो । उनले भने ।

अहिले जहाजको धसिएको चक्का निकाल्ने काम भइरहेको र जहाजमा कुनै क्षति नभएको श्री एयरलाइन्स स्रोतले जनाएको छ । यात्रामा रहेका यात्रुहरु सकुशल छन् ।

 


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comment here