राजनीति

नेकपा (एकीकृत समाजवादी) पार्टीका मन्त्रीहरु पुगे पार्टी कार्यालय अध्यक्ष नेपालले दिए यस्तो निर्देशन

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

२४ असोज काठमाडौ, नबनियुक्त नेकपा (एकीकृत समाजवादी) पार्टीका मन्त्रीहरूलाई बाग्मती करिडोर स्थित केन्द्रिय पार्टी कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले टिका र खादा लगाएर बधाई तथा शुभकामना दिएका छ्न ।

अध्यक्ष नेपालले सरकारमा आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई आवश्यक निर्देशन दिन बोलाएको बताइएको छ। शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डलमा एकीकृत समाजवादीबाट चार जना मन्त्री र एक राज्यमन्त्री सहभागी छन्।

नेकपा एकीकृत समाजवादी बाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले मगर, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान), सहरी विकासमन्त्री रामकुमारी झाँक्री र स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ रहेका छन्।

 


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comment here