राजनीति

अध्यक्ष माधव कुमार नेपाल र राजदूतबीच शिष्टाचार भेटबार्ता

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

२६ असोज,काठमाडौ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि फ्रान्सेली राजदूत गिलिस बोरबावबीच आज साँझ पार्टीको केन्द्रिय कार्यालयमा भेटवार्ता भएको छ ।

भेटका अवसरमा अध्यक्ष नेपालले नवनियुक्त राजदूतलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएका छन । फ्रान्सेली राजदूत गिलिस बोरबावले नेपाल आउन पाउॅदा खुसी लागेको बताउॅदै आफ्नो कार्यकालमा नेपाल र फ्रान्स बीचको सम्बन्धलाई थप बलियो र सुमधुर बनाउन प्रयत्न गर्ने बताएका छन ।

भेटमा नेपाल-फ्रान्स सम्बन्ध, सहयोग र सहकार्यको इतिहास, वर्तमान र भविष्यका संभावनाका विषयमा कुराकानी भएको स्रोतले जानकारी दियो ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comment here